अर्थ संसार
काठमाडौँ– धितोपत्र बोर्ड नेपालले श्री महुली सामुदायिक लघुवित्त संस्था लिमिटेडलाई साधारण सेयर निस्काशनको स्वीकृति प्रदान गरेको छ ।
बोर्डले सर्वसाधारणलाई सेयर निष्कासन गर्न अनुमति दिएको हो । धितोपत्र बोर्डले संस्थालाई रु १ करोड २० लाख बराबरको साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
संस्थाले कूल पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । सेयर निस्कशनका लागि एनसिएम मर्चेन्ट बैंक कमलपोखरीलाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
विसं २०७० जेठ ३० गतेबाट कारोबार सञ्चालन गरेको सो संस्थाको कार्यक्षेत्र हाल साप्तरी, सिराहा, उदपयुर, सुनसरी, खोटाङ, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी दश जिल्ला रहेका छन् । सो संस्थाको कुल ग्राहक ५४ हजार रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस