Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण अब वार्षिक एक महिना विदा

निशा हुमाँगाई

सोमबार, ०८ बैशाख २०७७, १३ : २९ मा प्रकाशित

यसकारण अब वार्षिक एक महिना विदा

अर्थ संसार, काठमाडौं - विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसले गर्दा पर्यटन क्षेत्र समेत प्रभाव परेकाे छ । तसर्थ, पर्यटन क्षेत्रमा परेकाे प्रभावलाई उकास्न वार्षिक एक महिना पर्यटन विदा दिने निर्णय गरिने भएकाे छ । 

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले भिडियो कन्फ्रेन्समार्फत गरेको अन्तरक्रियामा बाेल्दै पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकद्वारा पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका हुन् ।

नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने मन्त्री भट्टराईले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको