Like us!
Follow us!
Connect us!
Watch us!

श्रमिकहरूको तलव कटौती गर्ने विषयमा सहमती भएकाे छैन : संयुक्त ट्रेड युनियन

निशा हुमाँगाई

सोमबार, ०८ बैशाख २०७७, ११ : ५२ मा प्रकाशित

श्रमिकहरूको तलव कटौती गर्ने विषयमा सहमती भएकाे छैन : संयुक्त ट्रेड युनियन

अर्थ संसार, काठमाडौं - श्रमिकहरूको तलव कटौती गर्ने विषयमा कुनै सहमती नभएकाे संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले बताएकाे छ ।

कोरोना भाईरस विरूद्धको संघर्षमा विश्व नै लकडाउन भएको परिस्थितिमा श्रमजीवि वर्गको समृद्धिका लागि साझा ढङ्गले क्रियाशील रहेका नेपालका संपूर्ण ट्रेड युनियन महासंघहरूको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) ले यस अघि नै आफ्ना सुझाव सल्लाह सहित आफ्ना माग समावेश गरी ज्ञापन पत्र नेपाल सरकारलाई पेश गरेको छ ।

रोजगारदाता, सरकार र सरोकारवालासँग बैठक गरी नोबेल कोरोना भाईरस विरूद्धको संघर्षमा साथ रहने प्रतिवद्वता समेत जाहेर गरेको छ ।

यसै सन्दर्भमा ट्रेड युनियनहरू श्रमिकले खाईपाई आएको तलव कटौती गर्न सहमत भएको भन्ने प्रकासित समाचारप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले गम्भीर ध्यनाकर्षण गरेको छ ।

त्यसैगरी, ट्रेड युनियनहरू र रोजगारदाताहरू बिच श्रमिकहरूको तलव कटौती गर्ने विषयमा कुनैपनि सहमती नभएको जानकारी गराउँदै अनाधिकारिक समाचारको पछाडी नलाग्न समेत सम्पूर्ण श्रमिक तथा रोजगारदाताहरूमा आह्वान गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको