Like us!
Follow us!
Connect us!
Watch us!

आज मन्त्रिपरिषद बैठक हुँदै, के लकडाउन खुल्ला ?

निशा हुमाँगाई

सोमबार, ०८ बैशाख २०७७, ११ : १२ मा प्रकाशित

आज मन्त्रिपरिषद बैठक हुँदै, के लकडाउन खुल्ला ?

अर्थ संसार, काठमाडौं - आज (साेमबार) प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ११ बजेबाट मन्त्रिपरिषदको बैठक हुँदैछ ।

बैठकमा सरकारका नियमित काम कारवाहीकाका साथै कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालले जानकारी दिइन् । 

यसैगरी, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उच्च स्तरीय समन्वय समितिलाई थप कसरी सशक्त बनाउने भन्ने विषयमा बैठकमा छलफल गरिनेछ ।

त्यस्तै, बैठक लकडाउनको समयमा परेको समस्या, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित हुने बताइएकाे छ । लकडाउनका कारण काठमाडौंबाट घर फर्किने मजदुर अलपत्र परेको विषयमा पनि बैठकमा छलफल हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको