Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या समूहद्वारा आर्थिक सहयोग

निशा हुमाँगाई

सोमबार, ०८ बैशाख २०७७, १५ : ५९ मा प्रकाशित

पञ्चकन्या समूहद्वारा आर्थिक सहयोग

अर्थ संसार, काठमाडौं - नेपालकै प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरूले तिलोत्तमा नगरपालिकालाई आर्थिक सहयोग गरेका छन् ।

पञ्चकन्या समूहको कोटिहवा स्थित कारखानामा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमीकबाट केहि दिनको रकम कट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन् । विश्वमै माहामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पुर्याउने उद्धेश्यले ५ लाख रूपैयाँ सहयोग गरेको हो ।

कर्मचारीहरूले जम्मा गरेका ५ लाख रूपैयाँको चेक पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र शाहुले तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई हस्तान्त्रण गरेका छन् । सो अवसरमा पञ्चकन्याले नगरपालिकालाई १ हजार मास्क समेत प्रदान गरेको छ । पञ्चकन्या समुहले त्यहा कार्यरत कर्मचारी तथा मजदुरलाई चैत्र महिनाको सम्पुर्ण पारिश्रमीक प्रदान गरिसकेको महाप्रबन्धक शाहुले उल्लेख गरेका छन् ।

उक्त कार्यक्रममा पञ्चकन्या समुहका प्रशासन प्रबन्धक राजेन्द्र ज्ञवाली, मानव संसाधन प्रमुख सुनिल कुमार कुसहवा, लेखा तथा वित्त प्रबन्धक सगुण खनाल तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत माधवप्रसाद शर्मा लगाएको उपस्थिती रहेको थियो ।

नीजि क्षेत्रको औद्योगिक घरानाका कर्मचारीले यती ठुलो रकम हस्तान्त्रण गरेको यो रकम प्रदेश ५ मा पहिलो हो । पञ्चकन्याले प्रदान गरेको रकम बुझ्दै नगरप्रमुख घिमिरेले हाल सम्म तीन वटा सस्थाले ५ लाख तथा त्यसमाथिको रकम हस्तान्त्रण गरेको बताए । उनले हाल सम्म ५ लाख रूपैयाँ हस्तान्त्रण गर्नेमा पञ्चकन्या समुहको कर्मचारी परिवार र तिलोत्तमामा रहेका दुई वटा खानीपानी सस्था रहेको बताएका छन् ।

प्रमुख घिमिरेले पञ्चकन्या समुह लगाएतका संघ सस्थाले दिएको राहत रकम तथा जिन्सी सामाग्रीलाई पुर्ण सदुपयोग गर्दै प्रकोपमा परेकाहरूमा खर्चीने बताए । उनले राहत नपाएकाहरूलाई प्राथमिकतामा राखेर वितरण गरिएको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको