Like us!
Follow us!
Connect us!
Watch us!

ब्यालेन्स सकिएर हैरान हुनुहुन्छ ? टेलिकमले ल्यायाे बम्पर अफर

निशा हुमाँगाई

सोमबार, ०८ बैशाख २०७७, १७ : २४ मा प्रकाशित

ब्यालेन्स सकिएर हैरान हुनुहुन्छ ? टेलिकमले ल्यायाे बम्पर अफर

अर्थ संसार, काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले महामारीकाे समयमा आफ्ना ग्राहकहरूलाई थप सेवा पुर्याउने हिसावले विभिन्न नयाँ सुविधाहरू सञ्चालनमा ल्याउने क्रम जारी राखेकाे छ । 

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाकाे पहलमा टेलिकमले आफ्ना ग्राहकहरूकाे सिम कार्डमा ब्यालेन्स न्यून भएमा निःशुल्क सेवा उपलब्ध गराउने भएकाे छ ।

लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले सन्देश पठाउनेछ ।

यसैगरी, अर्थमन्त्री खतिवडाका प्रेस संयोजक यमप्रसाद पौडेलले दिएकाे जानकारी अनुसार  झण्डै २ लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्षम रहनेछन् । 

टेलिकमले सार्वजनिक गरेकाे उक्त याेजना यस प्रकारकाे छ : 

१. जिरो ब्यालेन्सकाे प्याकेज उपलब्ध गराउने :

(२५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने, उक्त प्याकेजको अवधि ७ दिनकाे हुनेछ)

२. प्याकेजकाे बारेमा विवरण ः

- प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने,

- एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने,

- प्याकेज लिन अयोग्य नम्बरमा प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराउने,

- प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई माथिको नियमअनुसार उपलब्ध गराइने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको