Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा २६३ जना रेड जोनमा (भिडियाे)

निशा हुमाँगाई

सोमबार, ०८ बैशाख २०७७, १६ : ५८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा २६३ जना रेड जोनमा रहेकाे जानकारी दिएकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । 

रेड जोनमा पर्नेहरुको ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेकाे उनले बताएका छन् । 

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) मार्फत् २५ हजार १ सय ४८ जनाको र पिसीआर विधीको माध्यमबाट हालसम्म ८ हजार ४ सय १४ वटा परीक्षण गरिएकाे छ ।

त्यस्तै, हालसम्म ५ हजार ९ सय ३६ जना क्वारेन्टाइनमा र  १ सय ११ जना आईसोलेसनमा रहेका देवकोटाले बताएका छन् । हालसम्म नेपालमा ३१ जना संक्रमित पुष्टि भएका छन् । जसमध्ये ४ जना निकाे भएर घर फर्किसकेका छन् ।

काेराेनाकाे विस्तृित विवरणकाे लागि तलकाे भिडियाे हेर्नुहाेस् : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको