Like us!
Follow us!
Connect us!
Watch us!

खुल्यो मुक्तिनाथको हकप्रद

शुक्रबार, २१ असोज २०७३, १४ : २६ मा प्रकाशित

खुल्यो मुक्तिनाथको हकप्रद

 

अर्थ संसार

काठमाडौं–मुक्तिनाथ विकास बैंकले शुक्रबारदेखि ५० प्रतिशत हकप्रदका लागि आवेदन खुल्ला गरेको छ । बैंकको हाल कायम सेयरधनीले कात्तिक २५ गतेसम्म आवदेन दिन सक्ने छन् ।

मुक्तिनाथले ४१ लाख ९२ हजार १ सय ६३ कित्ता हकप्रदका लागि आवेदन आह्वान गरेको छ । बैंकले बुक क्लोज भनेर तोकेको भदौ ३० गतेभन्दा अघिल्लो दिनसम्म सेयर किनेका लगानीकर्ताले उक्त सेयर भर्न सक्ने छन् । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी १ अर्ब २५ करोड पुग्ने छ । बैंकले गत आर्थिक बर्ष ३५ करोड ८८ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको हकप्रदका लागि विक्री प्रबन्धक एनएमवि क्यापिटल मार्केट र मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट आवेदन दिन सकिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको