अर्थ संसार
काठमाडौं–प्रभु इन्स्योरेन्स लिमिटेडले २ः१ अनुपातमा निष्कासन गर्न लागेको हकप्रद शेयर चैत्र ३० गते देखि खुल्ला हुने भएको छ ।
कम्पनीले १ सयको अंकित मूल्यका १९,२५,०७८.८१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द जेठ २ गते हुनेछ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले प्रभु क्यापिटल र प्रभु बैङ्कका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३८,५०,१५,७६१ रहेकोमा हकप्रद शेयर निष्कासन पछि ५७,७५,२३,६४१.५० पुग्नेछ । कम्पनीको हकप्रद निष्कासनलाई इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस