Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको हकप्रद कात्तिक ११ देखि

शुक्रबार, २१ असोज २०७३, १४ : ३९ मा प्रकाशित

सिद्धार्थ बैंकको हकप्रद कात्तिक ११ देखि

 

अर्थ संसार

काठमाडौं–सिद्धार्थ बैंकले २५ प्रतिशत हकप्रद कात्तिक ११ देखि आफ्ना सेयरधनीका लागि आवेदन खुल्ला गर्ने भएको छ । बैंकको हाल कायम सेयरधनीले मंसिर १५ गतेसम्म आवदेन दिनसक्ने छन् ।

सिद्धार्थले ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रदका लागि आवेदन आह्वान गरेको छ । बैंकले बुक क्लोज भनेर तोकेको असोज १६ गतेभन्दा अघिल्लो दिनसम्म सेयर किनेका लगानीकर्ताले उक्त सेयर भर्न सक्ने छन् । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी ३ अर्ब ७७ करोड पुग्ने छ । बैंकले गत आर्थिक बर्ष १ अर्ब २० करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको हकप्रदका लागि विक्री प्रबन्धक लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट आवेदन दिन सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको