Like us!
Follow us!
Connect us!
Watch us!

१८ अंकले बढेको सेयर बजारमा एक अर्ब ३७ करोडको कारोबार

बुधबार, ०९ चैत्र २०७३, १५ : २४ मा प्रकाशित

१८ अंकले बढेको सेयर बजारमा एक अर्ब ३७ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– विगत केही दिन अघिदेखि निरन्तर उकालो लागेको सेयर बजार (आज) बुधबार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १८.३३ अंकले बढेको छ ।

१ सय ४५ वटा कम्पनीको २५ लाख ११ हजार ३ सय ६० वटा सेयर कित्ता किनबेच हुँदा १ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

बढेको बजारमा इन्स्योरेन्स समुह बाहेक अरु सवै समुहहरुमा हरियाली छाएको छ । यस दिन बैंक २५.६ अंक, होटल २७.२८ अंक, विकास बैंक ४०.१५ अंक, हाइड्रोपावर २५.४१ अंक, फाइनान्स ८.७८ अंक र अन्य २.९ अंकले बढेको छ ।

यता इन्स्योरेन्स समुह भने ११५.९७ अंकले घटेको छ  ।  उत्पादन समुहको कुनै कारोबार भएको छैन ।  बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58d2499eb24ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको