Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले सेयर दलाललाई भन्यो –‘राजधानी बाहिर जाँऊ,होइन भने कारवाही हुन्छ’

बुधबार, ०९ चैत्र २०७३, १६ : १४ मा प्रकाशित

नेप्सेले सेयर दलाललाई भन्यो –‘राजधानी बाहिर जाँऊ,होइन भने कारवाही हुन्छ’

अर्थ संसार 
काठमाडौँ–  राजधानीमा मात्रै कारोबार गर्दै आएका र सहर छाड्न नमानेको धितोपत्र दलाललाई नेपाल स्टक एक्चेन्जले उपत्यका बाहिर पनि शाखा खोल्न बाध्यकारी निर्देशन दिएको छ ।

सहर केन्द्रीत भएका सेयर दलाललाई राजधानी बाहिर पठाउने लक्ष्यका साथ वाध्यकारी निर्देशन दिएको हो ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बनेपा,नारायणघाट र बिर्तामोडबाट सेयर कारोवार तत्काल गर्न बोक्ररलाई निर्देशन दिएको हो ।

जतिसक्यो छिटो तीन स्थानबाट सेयर कारोवार गर्न यसको जानकारी नेप्से र बोर्डलाई दिने नेप्सेले ताकेता गरेको हो ।नेप्सेले बुधवार बोक्ररलाई निर्देशन दिदै तीन स्थानबाट तत्काल सेयर खरिदबिक्रीको व्यवस्था मिलाउन ताकेता गरेको हो ।

नेप्सेका अनुसार बनेपामा भिजन सेक्युरिटी,नारायणघाटमा सनी सेक्युरिटी र बिर्तामोडमा श्रीहरी सेक्युरिटीले शाखा खोल्न लागेका छन् ।

शाखा खोल्न लागेकालाई तत्काल कार्यालय स्थापना गरेर काम सुरु गर्न नेप्सेले निर्देशन दिएको हो ।उपत्यका बाहिर नजानेलाई कारवाही गर्ने चेतावनी समेत नेप्सेले दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको