Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार बन्द गर्ने निर्णयको लगानीकर्ताले गरे स्वागत, कारोबार रद्द गर्न माग

अर्थ संसार

विहीबार, ०१ जेठ २०७७, १५ : ०४ मा प्रकाशित

शेयर बजार बन्द गर्ने निर्णयको लगानीकर्ताले गरे स्वागत, कारोबार रद्द गर्न माग

अर्थ संसार, काठमाडौं-लकडाउनको बीचमा खोलीएको शेयर बजार फेरी बन्द  गर्ने निर्णलाई लगानीकर्ताले स्वागत गरेका छन् । चैत ११ गतेदेखि बन्द भएको शेयर बजार लकडाउनको बीचमा बैशाख ३० गतेदेखि फेरी खुलाइएको थियो । सिमित वर्गको लागि शेयर बजार खुलाइएको भन्दै आम लगानीकर्ताले विरोध गरेका थिए ।  दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार खुलेको केही समयमै नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द  हुँदै आएको थियो । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई शेयर बजार बन्द गर्न निर्देशनसँगै बन्द भएको हो । बजार बन्द गर्ने निर्णयलाई लगानीकर्ता यसो भन्छन् ।

छोटेलाल रौनियार, अध्यक्ष- नेपाल इन्भेस्टर फोरम

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले  शेयर बजार बन्द गर्ने निर्णय स्वागत योग्य भएको बताएका छन् ।  मंगलबार र बुधबारको शेयर कारोबार रद्द गर्न माग गरेका छन् । यी २ दिनको कारोबारमा ब्यापक चलखेल भएको भन्दै यस माथि आवश्यक छानविन गरी कारोबार रद्द गर्न उनले नियामक निकायसँग माग गरेका  हुन्।

लकडाउनको बीच मै खुलेको बजारमा अदृश्य शक्तिबाट चलखेल भएको उनले बताए । उनले भने-'बजारमा चलखेल भएको थाहा पाउन कारोबारको फ्लोर सिट हेरे पुग्छ, फ्लोर सिट हेर्दा ५० कित्ता भन्दा कमका कारोबार गरेर बजार घटाएको देखिन्छ, चलखेलको यो भन्दा ठुलो प्रमाण के चाहिन्छ र ?' उनले यस चलखेलबारे नियामक निकाय समेत पूर्ण जानकार रहेको दाबी गरेका छन् ।

राधा पोखरेल, अध्यक्ष- नेपाल पुँजी बजार लगानीकर्ता संघ

संसार कोरोनासंग जुधिरहेको छ । हामि पनि  अहिले संक्रमणको अबस्था नजिक पुग्दैछौं । अहिलेको अबस्था अत्यन्तै नाजुक बन्दै गइरहेको छ । सहज र स्वभाविक कारोबार हुन सक्ने अबस्थामा छैन ।  बिक्रेता र खरिदकर्ताहरु पर्याप्त मात्रामा आएर काम गर्न सक्ने अबस्था पनि छैन् ।अहिलेको अवस्थामा धेरैको ‘मेरो सेयर’ छैन । धेरै लागानीकर्ता ‘आईपीएस कनेक्ट’मा आवद्ध छैनन् । त्यसैले यसमा धेरै समस्या छन् । सबैको पहुचमा बजार पुगेको छैन । बजार भनेको बजार जस्तो होस ।लगानीकर्ताले सहज कारोबार गर्न पुगोस ।

मैले बारम्बार भन्दै आई रहेको कुरा के हो भने यदी यस्तो बिषम परिस्थितीमा सेयर बजार खोल्छौ भने चिनमा जस्तै गरी खोल । क्रेता साईडमा माग बढाउ । यस्को लागी सेयर कारोबारको लागी छुट्याएका फण्डहरु र ठूला ठूला लगानीकोष हरुलाई पहिला बजारमा भित्राउँनु पर्छ । र,प्याकेजका साथ मात्र बजार खोलियोस र लगानीकर्ताको मनबोल उच्च बनाउँने काम गर्दै बजार खोलियोस भन्ने माग थियो हाम्रो अनि मात्रै बजार सन्तुलनमा आउछ भनेकै थिए । हामिले दिएको यो सुझावलाई लत्याएर सेयर बजार खोल्नुको परिणाम देखि हालियो । यस बर्षको बजेटमा यि कुरा समेटन म दैनिक मा। अर्थमन्त्री ज्यू संग सम्पर्क मै छु । त्यसैले माथीका कुरा पुरा नगरी सेयर बजार खोल्नु हुदैन भन्ने मेरो माग रहदै आएको छ । कसो समयमै बुद्दी पुर्याएर धिबोले बजाब बन्द गर्न निर्देशन गर्यो । अन्याथा नियामकले ठूलै मूल्य चुकाउनु पर्थ्यो ।

अब यो २ दिनको कारोबार बदर गरी नेप्सेलाई पुरानै १२५१ अंकमा राख्नु पर्छ भनि जोडदार रुपले मैले कुरा उठाई रहेको छु । बजार बन्द गर्नै पर्थ्यो बन्द भयो हितमा भयो ।

अब नियामकले सदैव आम लगानीकर्ताको हितमा राखेर मात्र काम गर्नुपर्ने हुन्छ । सानो कुरा लिएर हामि मन्त्रालय सम्म धाउँनु पर्ने यस्ता कुरितीको अन्त्य गरियोस ।

नरेन्द्र चुदाली, लगानीकर्ता

सेयर बजार बन्द गर्ने सरकारको कदम सकारात्मक छ।लक डाउनकै बिच पनि  उत्पादनमुलक क्षेत्र र वित्त क्षेत्रलाई चलायामान बनाएर अर्थतन्त्रलाई जिबन्तता प्रदान गर्न सरकारले लिएको सक्रियता जायज नै थियो । तर सरकारले आबस्यक अध्यान र  गृहकार्य गर्न नसक्दा सेयर बजारमा सरकारले चालेको कदम झन प्रतिउत्पादक देखियो। बजारको मुख्य पक्ष मानिने लगानिकर्ताको भावनालाइ र बजारको यथार्थतालाइ सरकारले विश्लेषण नगरी बजार खोल्ने एकलौटी निर्णय गर्दा पछिल्लो दुई दिनमै लगानिकर्ताहरुले करोडौ रुपैया गुमाउनु पर्यो। बजारमा १० कित्ताका गैरकानुनी र षड्यन्त्रमुलक चलखेल हुन पुगे। अर्को कुरा पछिल्लो विकसित घटनाक्रमले नेपालमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर जाने गम्भीर संकेत देखीन थालेपछी बजार खुलाइ राख्नु ब्याबहारिक पनि देखिएन। ढिलै भएपनी राम्रै निर्णय भएको छ। अब पछिल्ला दुई कारोबारलाई रद्द गर्नु पर्छ। किनकी त्यी दुई कारोबारहरु प्राकृतिक र स्वतन्त्र थिएनन। अब सरकारले बजार खुलाउदा आबस्यक अध्यान र तयारी गरेर मात्र खुलाउनु पर्छ।

कमल  पन्थी, लगानीकर्ता

 यो अवस्थामा नियामक निकायले शेयर बजार खोल्नु भनेको बच्चा खेल्नु जस्तो हो । अहिले बजार खोल्नु भनेको लगानीकर्ताको हितमा भन्दा पनि सिमित वर्गको लागि खोलिएको देखियो । घरीघरी बजार खोल्ने र बन्द गर्ने कार्यले नियामक निकायलेको बोल्ड निर्णय गर्न नसक्नेले यस्तो जिम्मेवार पदमा बस्नुको औचित्य छैन् । दुई दिन बजार खुल्दा ब्रोकरहरुले आफै किन्ने, आफै बेच्ने प्रवृद्धि देखियो यसबाट पनि थाहा हुन्छ कि ब्रोकहरु शेयर बजारका विरोध हुन् । शेयर बजार लकडाउनसम्म बन्द गर्नुपर्छ । यस्तो परिस्थितिमा शेयर फेरी खोलिन्छ भने हाम्रो सम्पत्ति  जोगाउनको लागि आन्दोलनमा उत्रिनको विकल्प बाहेक हामीसँग छैन ।

शिवप्रसाद पौडेल,लगानीकर्ता

लकडाउनको बेलामा शेयर बजार खोल्नु हुँदैन थियो । शेयर बजार खोल्नु ठूलो गल्ती भयो । जसले गर्दा हामी लगानीकर्ताले ठूलो क्षति व्यहोर्नु परेको छ । यसको क्षति कसले व्यहोर्छ । दुई दिनको कारोबार रकम रद्द गर्नुपर्छ । तर पनि शेयरधनीको चर्काे विरोधपछि शेयर बन्द गर्ने निर्णय स्वागत योग्य छ । नियामक निकायले दुई चार जनाको स्वार्थको लागि शेयर खोल्दा हामी जस्ता हजारौं लगानीकर्ता मारमा पर्दे आएका छन् ।

लकडाउनमा शेयर बजार गरेपछि यसरी गरेका थिए लगानीकर्ताले विरोध

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको