Like us!
Follow us!
Connect us!
Watch us!

'अपार जन समर्थन रहेको सरकारको पहिलो विकेट पतन भयो'

अर्थ संसार

शुक्रबार, २६ असार २०८३, १३ : ४५ मा प्रकाशित

'अपार जन समर्थन रहेको सरकारको पहिलो विकेट पतन भयो'

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको निधनलाई लिएर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा सरकारप्रति व्यङ्ग्य गरेका छन्।

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिकाका २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछी गिरीले फेसबुकमा स्टाटस लेख्दै आक्रोश र दुख व्यक्त गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, 'अपार जन समर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ !'

नागरिकहरू चरम निराशा, बेरोजगारी र प्रशासनिक झन्झटका कारण देशमै भविष्य नदेखेर आत्मदाह जस्तो कठोर निर्णय लिन बाध्य भइरहँदा पनि सरकार मूकदर्शक बनेको भन्दै कलाकार गिरीले 'पहिलो विकेट पतन' को संज्ञा दिएका हुन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको