Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

शुक्रबार, २६ असार २०८३, १० : ५५ मा प्रकाशित

हिमालयन पावर पार्टनरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ।

बिहीबार कम्पनीको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले साविकका सेयरधनीहरूका लागि १ः०.५० को अनुपातमा निष्काशन गरेको हकप्रदमा ४८ लाख ५८ हजार ३४५ कित्ता बिक्री भएको थियो भने बाँकी रहेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरी बिहीबार नेप्सेमा सूचीकृत गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको