Like us!
Follow us!
Connect us!
Watch us!

गणेश नेपालीको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन : गगन थापा

अर्थ संसार

शुक्रबार, २६ असार २०८३, १३ : ५७ मा प्रकाशित

गणेश नेपालीको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको निधन कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्रै नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको बताएका छन् । 

यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण रहेको सभापति थापाको भनाइ छ । मृतक नेपालीको आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दु:खमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

सभापति थापाले भनेका छन्,‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन । यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो । विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ ।'

एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? र आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ? भन्ने लगायतका प्रश्न सोधेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको