Like us!
Follow us!
Connect us!
Watch us!

विधुतको मूल्य वृद्धि प्रस्ताव गरेको विद्युत प्राधिकरणलाई सुझाव : यी कुरा ध्यान दिनुहोस्

मिलन खड्का

सोमबार, १२ जेठ २०७७, ०९ : ०६ मा प्रकाशित

विधुतको मूल्य वृद्धि  प्रस्ताव गरेको  विद्युत प्राधिकरणलाई सुझाव : यी कुरा ध्यान दिनुहोस्

 

  •  नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोग समक्ष विद्युतको उपभोक्ता मूल्य वृद्धि गर्ने प्रस्ताव पेश गरेको र सो माथि यहि २०७७ साल जेष्ठ १२ गते सोमबारका दिन सार्वजनिक छलफल गर्न आह्वान गरेको छ । कोभिड–१९ भाईरसको आक्रमणबाट बच्नका लागी सरकारले समस्त ग्राहकहरुलाई बिजुलीको महसूलमा छुट दिईरहेको अवस्थामा विद्युतको मूल्य बढाउने प्रस्ताव असान्दार्भिक जस्तो लाग्दछ । विद्युत एक यस्तो बस्तु हो जो उत्पादन हुनासाथ उपभोग गर्नु पर्दछ । विद्युत संचय गरेर राख्न सकिन्न । विद्युत उत्पादन र खपतको परिमाणमा तल माथि हुन्छ । उत्पादन बढी भएर खपत कम भएमा विद्युत फाल्नु पर्दछ (Spill Energy) भने उत्पादन भन्दा माग बढी भएमा लोड सेडिंङ्ग (Load Shedding) गर्नु पर्दछ  । देशमा विद्युत आवश्यकता भन्दा अधिक वा नपुग हुन्छ । 

  • नेपालमा विद्युत न्यून भएको बेला भारतको उर्जा बजारबाट आयात गरी देशको मागको परिपुर्ति गरिदै आएको छ । भारतको टनकपुर, कटैया तथा मुजफ्फरपुर सवस्टेशनबाट ठुलो परिमाणमा विद्युत आएकोले नेपालमा लोडसेडिंङ्ग गर्नु परेको छैन । भारतबाट खरीद गरि ल्याएको विद्युतको मूल्य कति हो भन्ने बारेमा जानकारी सार्वजनिक भएमा विद्युतको महसूल बढाउने वा घटाउने भन्ने बारेमा थाहा पाउन सजिलो हुनेछ । 

  •  स्वदेशमा विद्युतको उत्पादन बढन थालेपछि अहिले नेपालमा विद्युतको अधिक्य हुन थालेको छ । नेपालमा वर्षातका महिनाहरुमा अधिक उर्जा उत्पादन हुने र हिउँदका महिनाहरुमा विद्युतको न्यूनता हुने गरेको छ । अहिले रातीको समयमा विद्युतको माग कम हुने हुँदा विद्युत उपयोग गर्न सकिएको छैन । 

  • यो समस्याको तत्कालिन समाधानका लागी नेपाल भारत बीच ईनर्जि बैंकिंगको आवधारणा अघि ल्याईएको  थियो । हाम्रो सोचाई रहेको थियो की नेपालले आफुसंग बढी भएको विद्युत भारत पठाउने र नपुग भारतबाट ल्याउने र ल्याएको र पठाएको बीचको अन्तर बराबरको रकम भुक्तान गरेर हिसाब मिलान गर्ने र नेपालमा Spill Energy को समस्या उत्पन्न हुन नदिने भन्ने हो । यसबारेमा नेपाल र भारतका अधिकारीहरुका बीच धेरै चरणमा कुराहरु भएका तर निर्णय हुन नसकी अल्झीरहेको  देखिन्छ । के कारणले यो इनर्जि बैंकिंगको कुरा आयो र सेलायो वा किन यो काम भएन यसबारे उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सत्य तथ्य कुरा बाहिर ल्याउन जरुरी छ । देशमा विद्युतको मूल्य निर्धारण गर्न यस कुराले ठुलो महत्व राख्दछ । 

  • नेपालमा उत्पादन हुने विद्युत भारतको वजारमा यहि खरीद मूल्यमा बेच्न वा विनिमय गर्न सक्ने हो की हाईन भन्ने यक्ष प्रश्न रहेको छ । भन्न खोजिएको कुरा नेपालीलाई  विद्युतको महसूल बढाएर महंगो पार्ने र  भारतको बजारमा सस्तो मूल्यमा बेच्नु भएन है भन्न खोजिएको हो ।  आजका दिन नेपालमा रातको समयमा विद्युत खेर गईरहेको र यसबाट ठुलो परिमाणमा विद्युत नोक्सान भईरहेको छ र आगामी दिनहरुमा यो क्रम अझ बढने हुँदा यो समस्याको समाधानका लागी सरकारको ध्यान आकर्षित गरिन्छ । रातीको समयमा विद्युतको खपत बढाउन उद्योगहरुलाई बिजुलीको महसूलमा सहुलियत दिने तथा पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्नु पर्ने आवश्यकता छ । विद्युतको महसूल बढाउँदा यस विषयमा पनि ध्यान जानु आवष्यक छ । 

  • ठुला उद्योगले बढी विद्युत खपत गर्ने हुँदा उनीहरुलाई कम महसूल र कम खपत गर्नेले बढी महसूल तिर्ने व्यबस्था हुने गरी विद्युतको मूल्यमा समायोजन गर्न आग्रह गर्दछौं । भारत निर्यात गरेर प्राप्त हुने मूल्य भन्दा स्वदेशी उद्योगले तिर्नु पर्ने मूल्य कम हुनुपर्दछ भन्ने सुझाव दिन चाहन्छौं । 

  • नेपाली नीजिक्षेत्रबाट उत्पादन हुने विद्युतको खरीद दर औषत रु. ६.० प्रतिकिलोवाट घण्टा रहेको छ । यो मूल्यमा खरीद भएको विद्युत नेपाल विद्युत प्राधिकरणले रु. ११ प्रतिकिलो वाट घण्टामा बेची रहेको छ । विद्युतको खरीद बिक्री गर्ने एकाधिकार वाला यो संस्थाले खरीद मूल्यमा कति प्रतिशत नाफा लिएर बेच्न पाउने हो एकिन गर्नु पर्दछ । राजधानीको दरबारमार्गका पसलमा २० प्रतिशत भन्दा बढी मुनाफा लिई बेच्ने व्यापारिहरुलाई नेपाल सरकारले कार्यबाहि गरे झैँ  यो संस्थामा पनि कार्यबाहि गर्नु पर्ने आवष्यकता देखिन्छ । अबका दिनमा विद्युतको बिक्री मुल्य बढदा नीजि उत्पादकहरुबाट उत्पादन हुने विद्युतको खरीद मूल्य पनि साथ साथै बढाउने नीति लागू गर्न सुझाव गरिन्छ । विद्युतको बिक्रीमा मूल्य अभिवृद्धि कर लागू गर्न आवश्यक छ ।

  •  विद्युत नेपाल सरकारको आयको एक प्रमुख श्रोत बन्नु पर्दछ । विद्युतको उत्पादन, वितरण तथा ट्रान्समिशनलाई प्रदेश तहमा बिकेन्द्रीकण गरेर “प्रदेश विद्युत प्राधिकरण” स्थापना गरेमा धेरै जनताले रोजगारीका अवसरहरु प्राप्त गर्न सक्नु हुनेछ ।

  • नेपाल अब विद्युत निर्यातको बजारमा प्रवेश गर्ने हुँदा हामीले जलाशययुक्त आयोजना निर्माण गर्नमा जोड दिनु पर्दछ । भण्डारण गर्न सकिने तथा चाहेको बेला बेच्न सकिने यस्तो विद्युतको उच्च मूल्य प्राप्त हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको