Like us!
Follow us!
Connect us!
Watch us!

हिमस्टार उर्जाको सेयर लगानीकर्ताको डिम्याट खातामा

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, ०७ : ४८ मा प्रकाशित

हिमस्टार उर्जाको सेयर लगानीकर्ताको डिम्याट खातामा

हिमस्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा पुगेको छ। सीडिएस एन्ड क्लियरिङ (CDSC) का अनुसार प्राविधिक त्रुटिका कारण पहिला रोक्का राखिएका सेयर आजदेखि सम्बन्धित लगानीकर्ताले आफ्ना खातामा पाउने भएका हुन्।

कम्पनीको सेयर छिट्टै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनेछ। सूचीकृत भएको भोलिपल्टदेखि बजारमा सेयर कारोबार गर्न सकिनेछ। हिमस्टार उर्जाले सर्वसाधारणलाई निष्काशन गरेको सेयर असार ३२ गते बाँडफाँट भएको थियो।

हाल कम्पनी ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको