Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ प्रधानमन्त्रीलाई इप्पानको बधाई– ऊर्जा सुरक्षामा निजी क्षेत्र अझै योगदान दिन तत्पर

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, ०७ : ४७ मा प्रकाशित

नयाँ प्रधानमन्त्रीलाई इप्पानको बधाई– ऊर्जा सुरक्षामा निजी क्षेत्र अझै योगदान दिन तत्पर

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिम सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। हालै प्रधानमन्त्री पदमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई दिँदै इप्पानले ऊर्जा क्षेत्र मुलुकको समृद्धिको मेरुदण्ड भएकाले यस क्षेत्रमा निजी र सरकारी सहकार्यलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिएको हो।

नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी कार्कीप्रति इप्पानले विशेष खुसी प्रकट गरेको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले जारी गरेको वक्तव्यमा, “देश पुनर्निर्माण र आर्थिक समृद्धिको यात्रामा निजी ऊर्जा उद्यमीहरू सरकारसँगै हातेमालो गर्न तयार छन्,” भनिएको छ।

उनले अहिलेको अस्थिर अवस्थामा पनि उच्च मनोबलका साथ लगानी गरिरहेका ऊर्जा उद्यमीहरूको योगदानलाई प्रशंसा गर्दै नयाँ नेतृत्वबाट लगानीमैत्री वातावरण निर्माण हुने विश्वास व्यक्त गरे। अध्यक्ष कार्कीका अनुसार, हाल ऊर्जा क्षेत्रमा रहेका समस्या र चुनौतीहरूको समाधानतर्फ सरकार अग्रसर भए निजी क्षेत्र अझ बढी लगानी गर्न र ऊर्जा सुरक्षामा योगदान दिन तयार हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको