अर्थ संसार
काठमाडौं– टुरिजम डेभलपमेन्ट बैंकको १ः१ अनुपातमा निस्काशन गर्न लागेको हकप्रद सेयर आजदेखि खुला भएको छ ।
आजदेखि खुला गरिएको हकप्रद सेयर बैंशाख १७ गते निस्कासन बन्द हुनेछ । बैंकले रू. १०० अंकित मूल्यका ९१,९७,७१२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
निस्कासन तथा प्रबन्धक एन्आईबिएल क्यापिटल मार्केट्स
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । शेयरधनीहरुले एनआइबिएल क्यापिटल मार्केट्स र टुरिजम डेभलपमेण्ट बैङ्कका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. ९१,९७,७१,२०० रहेकोमा हकप्रद शेयर निष्कासन पछि रू. १,८३,९५,४२,४०० पुग्नेछ । माघ ६ गतेसम्म कायम शेयरधनीहरुले यस हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस