Like us!
Follow us!
Connect us!
Watch us!
नेप्सेको कडा निर्देशनपछि सेयर ब्रोकरले खोले उपत्यका बाहिर शाखा

लगानीकर्तालाई खुसीको खबर ! अब सेयर कारोबार जिल्ला जिल्लाबाट

आइतबार, १३ चैत्र २०७३, १५ : ४९ मा प्रकाशित

लगानीकर्तालाई खुसीको खबर ! अब सेयर कारोबार जिल्ला जिल्लाबाट

अर्थ संसार 

काठमाडौँ- राजधानीमा मात्रै हुँद्यै आएको सेयर कारोबार आजदेखि उपत्यका बाहिरबाट पनि सुरु भएको छ । बिभिन्न सेयर दलाल कम्पनीले आजदेखि काठमाण्डौं उपत्यका बाहिर आफ्नो सेवा बिस्तार गरेपछि कारोबार सुरु भएको हो ।

धितोपत्र बोर्डले तयारी नपुगेकाले केही समय शाखा बिस्तार रोक्न निर्देशन दिए पनि नेपाल स्टक एक्चेन्जले बाध्यकारी रुपमा नै आजदेखि कारोबार गर्न लगाएको हो । नयाँ प्रणाली लागू भएपनि सेयर खरिद बिक्री गर्न राजधानी नै आउनुपर्ने वाध्यताको समेत अन्त्य भएको छ ।

नारायणघाट, बुटवल र बिराटनगरमा यसअघि नै केहि ब्रोकरले शाखा बिस्तार गरेका प्रभावकारी रुपमा कारोबार हुन सकेको थिएन । नयाँ व्यवस्था भएसँगै नेपालगञ्ज, बनेपा र बिर्तामोडका जनताले पहिलोपटक आफ्नै सहरमा सेयर किनबेच गर्न पाएका हुन् ।

आइतबारबाट उपत्यका बाहिर कालिका सेक्युरिटिज (४६), क्रिष्टल कन्चनजंगा (५०), भिजन सेक्युरिटिज (३४), आर्यतारा सेक्युरिटिज (५७), श्रिहरि सेक्युरिटिज (५६) र सानी सेक्युरिटिज (४२) ले कारोबार सुरु गरेका छन् ।

त्यसमा  ब्रोकर नम्बर ४६ ले नेपालगञ्ज, ५० ले बिराटनगर, ३४ ले बनेपा, ५७ ले बुटवल, ५६ ले बिर्तामोड र ४२ ले नारायणगढबाट सेयर कारोबार सुरु गरेका छन् ।नेपाल स्टक एक्सचेञ्जको निर्देशन अनुसार काठमाडौं बाहिर शाखा स्थापना गरी सेयर कारोबार थालिएको कालिका सेक्यूरिटिजका प्रमुख नरेन्द्र सिँजापतिले बताए ।

सेयर बजारलाई विकसित एवं बिस्तारित बनाउने उद्देश्यले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेले सुधारका कामहरु तीब्र पारेका छन् ।धितोपत्र बोर्डले शाखा बिस्तार केहि समय स्थगित गर्न निर्देशन दिए पनि नेप्सेले आइतदेखि सेवा बिस्तार नगरे अनुमति रद्द गर्ने सूचना निकालेका कारण ब्रोकरहरुले उपत्यका बाहिर सेवा सुरु गरेका हुन् ।

नारायणघाट, बुटवल र बिराटनगरमा यसअघि नै केहि ब्रोकरले शाखा बिस्तार गरेका भए पनि नेपालगञ्ज, बनेपा र बिर्तामोडका जनताले भने पहिलोपटक आफ्नै सहरमा सेयर किनबेच गर्न पाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको