निनाम कुलुङ ‘मंगले’
हाल विश्वभरि नै ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारासहित नयाँ अभियान सुरु भएको छ । यस कार्यमा चेतनाको वृद्वि दर पनि बढी रहेको देखिन्छ ।
चाहे त्यो खाने कुरोमा होस् वा पिउने कुरोमा होस् वा शरीर ढाक्ने कपडा अथवा भनौं मानिसहरुले आफुले लगाउने लत्ता–कपडा, जुत्ता–चप्पल, पैसो बोक्ने ब्याग, बाहिर–फेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरुले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (घर बुना) आदि लगाउने प्रचलन सुरु भएको छ ।
यो क्रम बढ्दै गएको देखिन्छ ।त्यसैले भन्न सकिन्छ अब फेरि मानिसहरु आनुधिक जमानाको नाममा आफु खुशी जताभावी गर्ने भन्दा पनि फेरि प्रकृति र प्रकृतिको नियमअनुसार चल्न थालेका छन् ।
यसरी हाल विश्वभरि नै चलेको ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारा र नयाँ अभियानको चर्चा गर्दा मानिसहरुले आफुले लगाउने लत्ता–कपडा, जुत्ता–चप्पल, पैसो बोक्ने ब्याग, बाहिर–फेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरुले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी आदि लगाउने प्रचलन सुरु भएको छ ।
यो क्रम बढ्दै गएको छ भनी माथि नै उल्लेख भएको छ । त्यसैले यहाँ अरु कुरो (अल्लो-सस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (आदि) लाई छाडेर ‘नेपाली ढाका कपडा’बारे केही लेख्ने जमर्को गरिएको छ ।
यसरीे हेर्दा ‘तेह्रथुमे ढाका’, ‘पाल्पाली ढाका’ आदिबारे हामीले धेरै अघिदेखि सुन्दै आएको र केही हदसम्म यिनै नामहरुले नेपाल लगायत विश्व बजारमा नेपाली ढाका कपडाले बजार पिटेको भए तापनि हाते तान बुन्ने काम मानव सभ्यताको विकाससँगै विश्वभरि नै आदिवासी जनजातिहरुमा विकास भएको मानिन्छ ।
त्यसमा पनि हाम्रो देश नेपालको सन्दर्भमा भन्नु पर्दा विशेषतः कुलुङ (कूलू), लिम्बु (याक्थुङबा), सुनुवार (कोईँच) लगायत किरातीहरुको उत्पत्ति कथा-लोक कथा (मिथक) मै हाते तान बुन्ने गरेको लोक कथा छ ।
हुन पनि आधुनिक भनिएको जमानाले गाऊँ–घरलाई असर नपार्दासम्म हाम्रो गाऊँ–घरमा घरघरै एक–दुई वटा हाते तान हुन्थे । तर, नेपाल लगायत विश्व बजारमा आजभन्दा ३५-३६ वर्ष अघिदेखि ढाका कपडाको मामलामा तेह्रथुमे ढाका’, ‘पाल्पाली ढाका’को नाम सुनिन्थ्यो । यो सत्य हो । तर, आज तेह्रथुमे ढाका’, ‘पाल्पाली ढाका’को नाम हराउँदै गएर बजारमा अनेक नाममा ढाका कपडाको उद्योग–व्यवसाय सञ्चालनमा छन्, उनीहरुले पनि विश्व बजार पिटेका छन् । पाल्पाली ढाका त आजभोलि ओझेल परेझैँ लाग्छ ।
जस्तै पाँचथर जिल्लाको थर्पु गाऊँ माइती र ताप्लेजुङ जिल्लाको सिकैचा कर्म घर भएकी कल्पना योङहाङ लिम्बु पनि हालको अवस्थामा ढाका कपडा र ढाकाजन्य उत्पादनले विश्व बजार पिट्ने एक सफल उद्योगीका रुपमा स्थापित भएकी छिन् ।
स्मरणीय छ, उनले विसं २०६२ देखि महिलाहरुले सञ्चालन गरेको सहकारीबाट १५,००० (पन्ध्र्रहजार) रुपैँया ऋण लिएर ढाका कपडा बुन्न (लिम्बु भाषामा ‘थाक थाक्मा’ भनिन्छ ।) सुरु गरेकी थिईन भने, विसं २०६४ मा घरेलु तथा साना उद्योगमा ‘द हाईल्यान्ड आर्ट’ नामक संस्था दर्ता गरेर संस्थागत रुपमै ढाका कपडा र ढाकाजन्य उत्पानमा लागिन् ।
(स्मरण रहोस्, यसअघि २०७७ जेठ १७ गते गोरखापत्र दैनिकको ‘शनिबारीय परिशिष्टांक’मा ‘तेह्रथुमे ढाका’ शीर्षकको यो पंक्तिकारको फिचर÷लेखमा तेह्रथुम जिल्लाको सदरमुकाम मेयङलुङ बजारमा ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागिन भन्ने भनाइलाई सच्याउँदै र भलूसधार गर्दै आगामी दिनमा त्यस्तो नहुने भनी यसै लेखमार्फत प्रतिबधता व्यक्त गर्दछु ।)
हाल उनले काठमाण्डौ गोकर्णमा ढाका कपडा र ढाकाजन्य उद्योग सञ्चालन गरी रहेकी छिन् । उनले नेपाली ढाका र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि कल्पना लागी परेकी छिन् । यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’कै मातहतमा ‘कल्पना ढाका बुटिक’ भनी फेसबुक पेज खोलेर त्यही फेसबुक पेजबाटै बजार व्यवस्थापन गर्छिन् ।
ढाका र ढाकाजन्य उत्पादनका लागि प्रचार, प्रसार र बजार व्यवस्थापन गर्नका लागि उनले विश्वका ३५ वटाभन्दा बढी देशमा घुमी सकेकी छिन् । ढाकाजन्य उत्पादन अन्तर्गत केके उत्पादन हुन्छ त ? भनी प्रश्न गर्दा कल्पना भन्छिन् ‘टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, स्कर्ट, मिनी स्कर्ट, ओभर कोट, सल, इस्टकोट, मेख्ली, कोट, ज्याकेट, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसमान तयार हुन्छ ।
सबैलाई थाहा भएकै कुरो हो कि, अहिले विश्वलाई नै कोरोनाले आक्रान्त पारे छ ।अधिकांश देशमा लकडाउन र संकटकाल लागू भएको छ । तर, योलकडाउनको समयमा पनि ढाकाको उत्पादन गर्ने (बुन्ने) काम र अनलाइन मार्फत विभिन्न देशबाट अर्डर आउने क्रम जारी छ भन्छिन्, ‘-कल्पना योङहाङ लिम्बु ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस