Like us!
Follow us!
Connect us!
Watch us!

महासचिव पोखरेलको आरोप : “सरकार निर्वाचनतर्फ अघि बढ्ने संकेत छैन”

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, ०८ : ३९ मा प्रकाशित

महासचिव पोखरेलको आरोप : “सरकार निर्वाचनतर्फ अघि बढ्ने संकेत छैन”

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले आगामी निर्वाचनलाई लक्षित गरेर आवश्यक तयारी नगरेको आरोप लगाएका छन्। उनले सरकारका गतिविधिले निर्वाचनमूखी वातावरण निर्माण गर्ने संकेत देखिनुको सट्टा राजनीतिक दलहरूको क्रियाशीलता कमजोर बनाउने र समाजमा अस्थिरता पैदा गर्ने प्रवृत्ति बढाएको टिप्पणी गरे।

पोखरेलका अनुसार निर्वाचनको पूर्वाधार तयार पार्नुपर्ने बेला सरकारले उल्टै भय, अशान्ति र अव्यवस्थाको वातावरण सिर्जना गर्ने निर्णय र गतिविधि अघि बढाइरहेको छ। उनकाे भनाइमा, यस्तो अवस्थाले निर्वाचनको विश्वसनीयता अझै अनिश्चित बनाइरहेको छ।

एमालेले हालै निर्वाचन आयोगमा दल दर्ता गराएको विषयमा उनी भन्छन् कि यो प्रक्रिया पार्टीको १०औं केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार सम्पन्न गरिएको मात्र हो। उनले दल दर्ता भएको आधारमा फागुन २१ मा निर्वाचन निश्चित भएको दाबी गर्नु ‘भ्रमपूर्ण व्याख्या’ भएको बताए।

प्रतिनिधि सभा विघटनबारे बोल्दै पोखरेलले सरकारले गरेको कदम संविधानअनुसार नभएको तथ्य स्पष्ट भइसकेको दाबी गरे। यो विषय सर्वोच्च अदालतमा संवैधानिक परीक्षण भइरहेकाले प्रतिनिधि सभा पुनःस्थापना अपरिहार्य भएको उनको तर्क छ।

२३ र २४ गतेका घटनाले संविधान गम्भीर रूपमा प्रभावित बनेको उल्लेख गर्दै उनले जेन्जी युवा समूहको भावना सम्बोधन गर्ने, लोकतन्त्रलाई सही दिशामा फर्काउने र संवैधानिक प्रणालीलाई पुनःसक्रिय बनाउने जिम्मेवारी अब प्रतिनिधि सभा पुनःस्थापनामार्फत मात्र सम्भव हुने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको