Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट लकडाउन खुकुलो, निजी सवारी साधन गुड्न दिइने, यस्तो छ सरकारको निर्णय

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, ०७ : १४ मा प्रकाशित

आजबाट लकडाउन खुकुलो, निजी सवारी साधन गुड्न दिइने, यस्तो छ सरकारको निर्णय

अर्थ संसार, काठमाडौं ।सरकारले आजबाट लक डाउन खुकुलो बनाउँने भएको छ । लकडाउनको सहजीकरण गर्न बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन खुकुलो पार्न केही निर्णयहरु गरेको हो ।


सरकारले जनजीवन सहज बनाउन लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । बैठकले पहिलो चरण अनुसार नै आजबाटै लागू हुने गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसलहरु खोल्ने दिने निर्णय गरेको छ ।

यस्तै, उपत्यकामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा चल्न दिने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । निणर्यानुसार दुई पांग्रेमा १ जना, चार पांग्रेमा ड्राइभरसहित ३ जना मात्रै सवार हुन पाउने भएको छ ।

त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ।

यसो गर्दा सामाजिक दूरी पनि कायम हुने सरकारको विश्वास छ । खुलेका पसलहरु र सञ्चालनमा आएको सवारी साधनमाथि मापदण्डको निगरानी र अनुगमन कडा बनाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

यद्यपी उपत्यका प्रवेशमा भे झन कडाई गरिने भएको छ । बैठकले सार्वजनिक यातायातलाई सञ्चालन गर्ने विषयमा भने अध्ययन पछि मात्र निर्णय गर्ने भएको छ भने बढी भीडभाड हुने शैक्षिक संस्था, मल, सिनेमा हल, पार्टी प्यालेस भने तत्काल नखोलिने बैठकले जनाएको छ ।

यस्तै, उपत्यका प्रवेशमा भने सरकारले कडाई गर्ने समेत निर्णय गरेको छ । यस्तै, पीसीआर मेसिनलाई व्यवस्थित गर्ने र क्वारेन्टाइनको स्त्तारोन्नति गर्ने समेत बैठकले निर्णय गरेको छ 

जसअन्तर्गत  यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० रद्द गरिएको छ । अब, यसपटक विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुँनेछ ।।
गत चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा चैत ५ गते स्थगित हुँदा परीक्षाको तयारीमा रहेको लाखौं विद्यार्थी मारमा परेका थिए । यसैबीच मन्त्रिपरिषद् बैठकले सरकारले लकडाउन चरण बद्ध रुपमा लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको