Like us!
Follow us!
Connect us!
Watch us!

अब यात्रुकाे भाडादर खुलाएपछि मात्रै चार्टर अनुमति दिइने

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, ०७ : ३८ मा प्रकाशित

अब यात्रुकाे भाडादर खुलाएपछि मात्रै चार्टर अनुमति दिइने

अर्थ संसार काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर उडानमा यात्रुसँग लिइने भाडादर खुलाएको अवस्थामा मात्रै उडान अनुमति दिने व्यवस्था गरेको छ ।

चार्टर उडानको अनुमति माग्दा विमान कम्पनीले नियमअनुसार दिने कमिसन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वका आधारमा चार्टर भाडादर उचित देखिएमा मात्र अनुमति प्रदान गरिने मन्त्रालयले स्पष्ट पारेको छ । ट्राभल एजेन्सीले टिकट बिक्री गर्दा अस्वाभाविक रूपमा बढी रकम लिएको गुनासो बढेपछि मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

नेपाल वायु सेवा निगमको विमान हङकङ र जापान चार्टर गर्दा यात्रुसँग अस्वाभाविक रकम लिएर टिकट बिक्री गरेको गुनासोपछि मन्त्रालयले नयाँ व्यवस्था गरेको हो । मन्त्रालयले उक्त उडानको सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य र मन्त्रालयकै उपसचिव राजन नेपाल सदस्य सचिव रहनेगरी मन्त्रालयले बुधबार छानबिन समिति गठन गरेको हो ।


समितिलाई उक्त उडानमा जहाज चार्टर गर्दा ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारमा के कति भाडा लिएको हो त्यसको सत्यतथ्य छानबिन गर्ने जिम्मेवारी मन्त्रालयले दिएको छ ।

समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । कोभिड १९ का कारण सिर्जित परिस्थतिले नेपालमा रहेका विदेशी तथा भिसा अवधि सकिन लागेका नेपाली यात्रुलाई उद्धार गर्न निगमको विमानमार्फत चार्टर उडान गरिएको थियो । उक्त उडानमा यात्रुबाट एजेन्सीहरूले बढी रकम लिएर टिकट बिक्री गरेको गुनासो आएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको