Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना विश्व अपडेट : संक्रमित आधाभन्दा बढी निको भए

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, ०९ : २८ मा प्रकाशित

कोरोना विश्व अपडेट : संक्रमित आधाभन्दा बढी निको भए

 अर्थ संसार, काठमाडौं । बिहीबार बिहान विश्वभर कोरोना भाइरसबाट संक्रमित भएकामध्ये झण्डै आधा संक्रमित निको भएका छन् । अहिले विश्वभर संक्रमित भन्दा निको हुनेको संख्या बढी पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ७४ लाख ५२ हजार आठ सय नौ पुगेको छ। तीमध्ये  ३७ लाख ४९ हजार आठ सय ८६ जना निको भइसकेका छन् भने ३२ लाख ८४ हजार चार जना मात्रै उचिारको क्रममा रहेका छन् ।

उपचारमा रहेकामध्ये पनि गम्भीर अवस्थाका संक्रमित बिरामीको संख्या ५३ हजार आठ सय १५ मात्रै छ। गएको २४ घण्टामा विश्वभर गरेर एक लाख ३३ हजार २५ जनामा संक्रमण देखिएको छ। यसबीचमा संक्रमणको कारण पाँच हजार एक सय ५१ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म विश्वभर मृतकको संख्या चार लाख १८ हजार एक सय २३ पुगेको छ।

गएको २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा एक हजार तीन सयले ज्यान गुमाएका छन् भने अमेरिकामा नौ सय ७८ जनाले ज्यान गुमाएका छन्। त्यसपछि क्रमशः मेक्सिको, भारत, बेलायत र रुसमा धेरैको मृत्यु भएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको