Like us!
Follow us!
Connect us!
Watch us!

सूचना प्रविधि ल्याबको अनुगमन गर्न प्राधिकरणले छान्यो कम्पनी, साढे ३ करोड खर्च हुने

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, ११ : ०६ मा प्रकाशित

सूचना प्रविधि ल्याबको अनुगमन गर्न प्राधिकरणले छान्यो कम्पनी, साढे ३ करोड खर्च हुने

अर्थ संसार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विद्यालयहरुमा स्थापना भइरहेको सूचना प्रविधि प्रयोगशालाको अनुगमनका लागि कम्पनी छनोट गरेको छ ।

३ अर्ब ४७ करोड ६९ लाख रुपैयाँमा देशभरका ९३० वटा सरकारी स्कुल सुचना प्रविधि ल्याबको स्थापनको जिम्मा म्याक्स इन्टरनेशनल, ओम्नी बिजनेस र नेपाल हिमा ट्रेडलिंकको ज्वाइन्ट भेन्चरले ठेक्का पाएका थिए ।

यसअघि सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण तथ्यांकमा देशभरका ५३५ वटा विद्यालयहरुमा कम्प्यूटर ल्याब जडान भइसकेको छ ।

प्राधिकरणले छनोट भएका ती स्कुलमा जडान हुने सूचना प्रविधि ल्याबको अनुगमन गर्न ट्रेनिङ्ग सेन्टर नेपाल प्रालि र एभरेष्ट टेलिकम र आईटि सलुसन्स प्रालि र माइक्रोटेक ईनर्जी प्रालिको ज्वाइन्ट भेन्चरलाई छनौट गरेको छ। प्रारम्भिक चरणमा छनौटमा रहेका ६ कम्पनीमध्येबाट यो ज्वाइन्ट भेन्चरलाई प्राधिकरणले छनोट गरेको हो ।

सो ज्वाइन्ट भेन्चर कम्पनीले देशभर ७ वटै प्रदेशमा स्थापना गरिरहेका ९३० सरकारी विद्यालयहरुमा जडान गरिने सूचना प्रविधि ल्याबको बारेमा अध्ययन अवलोकन गर्नुपर्नेछ ।

कम्पनीले सूचना प्रविधि ल्याबको लागि आपूर्ति, हस्तान्तरण, जडान र प्रयोगको अवस्थाको बारेमा तोकिएको आधारमा सो बारेको प्रतिवेदन प्राधिकरणलाई उपलब्ध गराउनेछ ।

सो कार्यको लागि प्राधिकरणले ३ करोड ७३ लाख ८४ हजार रुपैयाँमा सम्झौता गरिने जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको