Like us!
Follow us!
Connect us!
Watch us!

कर्णालीमा कोरोना संक्रमित  हुनेको संख्या ७६३ पुग्यो

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, ०९ : ०५ मा प्रकाशित

कर्णालीमा कोरोना संक्रमित  हुनेको संख्या ७६३ पुग्यो

अर्थ संसार, काठमाडौं । बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमित  हुनेको संख्या ७६३ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौँ बूढानीलकण्ठ निवासी हाल चिङ्गाड गाउँपालिका सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख डुङ्गेश्वर गाउँपालिकामा ६ महिने शिशु, चार महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका नौ जनामा संक्रमण पुष्टि भएको छ । 
  
त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको