Like us!
Follow us!
Connect us!
Watch us!

राजा त्रिभुवनकी छोरी नलिनीको निधन

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, १० : २६ मा प्रकाशित

राजा त्रिभुवनकी छोरी नलिनीको निधन

अर्थ संसार, काठमाडौं । राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको नयाँ दिल्लीस्थित आफ्नै निवासमा बिहीबार निधन भएको छ। तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा  निधन भएको हो।


उनकी भतिजी तथा बशुन्धरा बिक्रम शाहकी छोरी ज्योती सिंह शाहले उनको निधन भएको पुष्टि भएको हो। तत्कालिन राजकुमारी नलिनीलाई लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या रहेको  थियो ।

राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो। उनको पुन्च काश्मिरका तत्कालिन राजासँग बिहे भएको थियो। त्यसपछि उनी भारतमै बस्दै आएकी हुन्।

उनका दुई छोरा र तीन छोरी छन्। राजा महेन्द्रका सात सन्तान – महेन्द्र, हिमालय, बसुन्धरा, त्रैलोक्य, विजया, भारती र नलिनी– मध्ये अब भारती मात्र जीवित छन्। तत्कालिन राजकुमारी भारतीको पनि भारतकै एक राजकीय परिवारमा बिबाह भएको हो। सात सन्तानमध्ये महेन्द्रका चार छोरी हुन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको