Like us!
Follow us!
Connect us!
Watch us!

गुल्मीमा कोरोना संक्रमणको कारण ३६ वर्षका युवाको मृत्यु

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, ०७ : ५८ मा प्रकाशित

गुल्मीमा कोरोना संक्रमणको कारण ३६ वर्षका युवाको मृत्यु

अर्थ संसार, काठमाडौं - गुल्मीमा अर्का एक युवाको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

 गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका ३६ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो। मृतक युवा क्यान्सर रोगबाट पीडित रहेका बताइएको छ।  

उपचारको क्रममा ती युवाको तम्घासस्थित आइसोलेसनमा मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए। तीन साता अघि गुल्मीकै ४१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको थियो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको