Like us!
Follow us!
Connect us!
Watch us!

अब रिचार्ज गर्दा एनसेलले १२० प्रतिशत बोनस नदिने

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, २१ : ३१ मा प्रकाशित

अब रिचार्ज गर्दा एनसेलले १२० प्रतिशत बोनस नदिने

अर्थ संसार, काठमाडौं । एनसेलले आजबाट रिचार्ज गर्दा १ सय २० प्रतित बोनस नदिने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै आज (जेठ ३२)बाट  बोनस अफर बन्द गरेको बताएको हो ।

लकडाउन सुरु भएसँगै प्राधिकरणको निर्देशन अनुसार दुरसञ्चार सेवाप्रदायकहरुले बोनस दिँदै आएका थिए । एनसेलले पनि तीन दिनसम्म प्रयोग गर्न सकिनेगरि आफ्ना सेवा प्रयोगकर्तालाई रिचार्जमा बोनस दिँदै आएको थियो ।

गत चैत १३ गतेदेखि रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्जलगायत सबै माध्यमबाट हुने रिचार्जमा दिँदै आएको बोनस बोनस रकम एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेथियो ।

 नेपाल टेलिकम र स्मार्ट टेलिकमले रिचार्जमा बोनस अफर यसअघि नै बन्द गरिसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको