Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत उत्पादनमा निजी क्षेत्र अगाडि, दुई साताभित्र ११ मेगावाट

मंगलबार, १५ चैत्र २०७३, १६ : १३ मा प्रकाशित

विद्युत उत्पादनमा निजी क्षेत्र अगाडि, दुई साताभित्र ११ मेगावाट

अर्थ संसार 
काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणका आयोजनाहरु एक पछि अर्को गर्दै समस्यामा  परिरहेको र कार्यप्रगति नभएको अवस्थामा निजी क्षेत्रले अगाडि बढाएका आयोजनाहरु भ्ने उक पछि अर्को गर्दै सफलताको शिखरमा पुगेको छ । 

निजी लगानीमा निर्माणाधिन ११ मेगावाट क्षमताका २ साना जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।  दुई  साताभित्र दुवै आयोजना सम्पन्न भई प्रणालीमा ११.३ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा थप हुनेछ ।

 सिवानी हाइड्रोपावरले इलाममा ७.६ मेगावाटको जोगमाई र दैलेखमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ३.७ मेगावाटको द्वारीखोला आयोजनाको काम अन्तिम चरणमा पुर्याएको छ ।  

जलविद्युतलाई अनुदान नदिने अर्थ मन्त्रालयको व्यवहारप्रति निजी क्षेत्र रुष्टअर्थले जमिन्दारी शैली देखाएको टिप्पणी

केही साताभित्र २ आयोजनाबाट विद्युत उत्पादन हुने र नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । आयोजनाको काम सकिनासाथ परीक्षण उत्पादन सुरु हुने उनले जानकारी दिए । 

दुवै आयोजना सम्पन्न भएपछि चालु आर्थिक वर्षमा ११६ मेगावाट विद्युत् प्राधिकरणको प्रसारण लाइनमा थप हुनेछ । विद्युत प्राधिकरणले यो वर्ष साना र ठूला गरी १५ आयोजना सम्पन्न भई प्रणालीमा १४२ मेगावाट बिजुली थप हुने जानकारी दिएको छ ।

 यीमध्ये चालु आवमा १०५ मेगावाट बिजुली थप भएको अधिकारीले बताए । यो वर्ष अझै ४० मेगावाट बिजुली थप हुँनेछ । यसअघि ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए, २५ मेगावाटको मादी ए, १५ मेगावाटको हेवाखोला ए, ६ मेगावाटको दरौदी ए र १ मेगावाटको नियाखोला आयोजना सम्पन्न भई विद्युत् उत्पादन गरिरहेका छन् । 

यो वर्ष १७४ मेगावाट बिजुली थप हुने अनुमान गरिएकोमा १४२ मेगावाट मात्र पूरा हुने भएको छ । सरकारले चालु आवमा बजेटमा २ सय मेगावाट बिजुली थप हुने उल्लेख गरेको छ । 

असारसम्म सम्पन्न हुने आयोजनामा २.८ मेगावाटको छ्याकेखोला, ५.१ मेगावाटको माई सी, ११.२ मेगावाटको थापाखोला, ३.२ मेगावाटको गेलुनखोला, ६ सय किलोवाटको ढुंगेजिरी,  ४ मेगावाटको सर्दिखोला, ७.६ मेगाावटको जोगमाई इलाम, ३ मेगावाटको मिदिम करापु, ३.७ मेगावाटको द्धारिखोला र ४ मेगावाटको पुवाखोला छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको