Like us!
Follow us!
Connect us!
Watch us!

बन्दीपुर केवलकारको साधारण सभामा के हुँदैछ?

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, ०९ : २१ मा प्रकाशित

बन्दीपुर केवलकारको साधारण सभामा के हुँदैछ?

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको पुस ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस ३० गते तनहुँस्थित बन्दीपुर केवलकार परियोजना क्षेत्रमै साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ।

आगामी साधारण सभामा अध्यक्षबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ। यससँगै सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित सबै वित्तीय विवरणहरू पारित गर्ने एजेन्डा समावेश गरिएको छ।

सभामा चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छलफलका लागि प्रस्तुत गरिनेछ। साथै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची समेत तय गरिएको छ। यसका अतिरिक्त, सञ्चालक समितिले हालसम्म गरेका निर्णयहरूलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिने कम्पनीले जनाएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। तोकिएको मितिसम्म कायम सेयरधनी मात्र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको