विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले यही पुस २१ गतेदेखि एफपीओ जारी गर्ने भएको हो ।
साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त एक आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ । यस्तो अनुपात ७०ः३० कायम गर्नु पर्ने भएकाले त्यसका लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको जनाएको छ । यसका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । यसमा सर्वसाधारणले पुस २१ गतेदेखि पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । यो एफपीओ निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको कुल सूचीकृत सेयर संख्या ७९ लाख १७ हजार २२०.५९ कित्ता कायम रहनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस