एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार २० वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजे शुरू हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद लाभांश र कर तिर्न ०.३६८४ नगद लाभांश पारित गर्नेछ ।
साथै सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ । त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २२ गते एक दिनका लागि कम्पनीको सेयरधनी दर्ता किताब बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस