Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरीको साधारणसभा पुसर २९ गते, लाभांश प्रस्ताव पारित गर्ने

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, ११ : ०८ मा प्रकाशित

कुथेली बुखरीको साधारणसभा पुसर २९ गते, लाभांश प्रस्ताव पारित गर्ने

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आफ्नो १४ औँ वार्षिक साधारणसभा पुस २९ गतेका लागि डाकेको हो । 

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने छ । उक्त सभा काठमाडौँ बैङ्क्वेट, प्रा.लि., थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा दिउँसो साढे २ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले बैंक वित्तीय संस्थाबाट थप ऋण लिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुकक्लोज गर्दैछ । यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको