Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै

अर्थ संसार

सोमबार, ०१ असार २०७७, ११ : ४० मा प्रकाशित

सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै

अर्थ संसार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट आज (सोमबार) ल्याउने भएको छ। दिउँसो ४ बजे बस्ने प्रदेसशभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्ने भएका हुन्। 

सुदरपश्चिम सरकारले चालु वर्षका लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको थियो । नयाँ आर्थिक वर्षमा भने बजेट वृद्धि गरेर ल्याउने भएको छ । 

प्रदेश सरकारले जेठ १९ गते ल्याएको नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने जनाएको छ। बजेटले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सिर्जित परिस्थितिको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राख्ने जनाइएको छ ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामसहित स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइने जनाइएको छ। स्वास्थ्य, कृषि, रोजगारी र उद्योगलाई प्राथमिकतामा राखेर सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको थियो। विदेशबाट फर्केकालाई कृषिलगायत स्वरोजगारका कार्यक्रममा जोड्ने र त्यसका लागि स्वरोजगार कोषमार्फत बिनाधितो ऋण प्रवाह गरिने नीति तथा कार्यक्रममा उल्लेख थियो। सोही नीति तथा कार्यक्रममै टेकेर बजेट विनियोजन गरिने जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको