Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाको उपचार आर्युवेदबाट सफल भएको पतन्जलीको दाबी

अर्थ संसार

सोमबार, ०१ असार २०७७, १४ : ०० मा प्रकाशित

कोरोनाको उपचार आर्युवेदबाट  सफल भएको पतन्जलीको दाबी

एजेन्सी । यतिबेला विश्व कोरोना भाइरस (कोभिड-१९)को माहामारीको संकटमा रहेको छ । विभिन्न फार्मास्युटिकल एवं औषधि कम्पनीहरु कोरोनाविरुद्धको खोप एवं औषधिको विकास गर्न लागि परेका छन् ।

यसबीच भारतीय 'बाबा रामदेव' भनेर चिनिने रामदेवको आयुर्वेदिक कम्पनी पतन्जलीले कोरोनाको उपचार पत्ता लगाएको दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी नेपालका आचार्य बालकृष्णले उपचार पत्ता लगाएको दाबी गरेको इकोनोमिकटाइम्सले जनाएकोछ । 

पतन्जलीलले विकास गरेको औषधिले संक्रमित ५ देखि १४ दिनमा निको भएको बालकृष्णको दाबी छ । उनले पतन्जीलले विकास गरेको औषधि लिएका संक्रमित निको भएपछि परीक्षण पनि नेगेटिभ आएको बताएका छन् ।

अबको ४/५ दिनमा क्लिनीकल परीक्षण गर्ने र औषधिको सम्पूर्ण विवरण सार्वजनिक गर्ने बालकृष्णले बताएका छन् । उनले आर्युवेदीक पद्यतीबाट कोरोना निको पार्न सकिने सम्भावना देखिएको बताएका छन् ।

पतन्जलीले बनाएकाे अाैषधिकाे क्लिनीकल परिक्षण भएपछि मात्रै थप कुराहरू र अाैषधि सफल हुने नहुने कुरा पुष्टि हुनेछ ।

 

त्यस्तै उनले स्वाथ रहन र प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर राख्न नियमित योगा गर्न समेत आग्रह गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको