Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली प्रदेशकाे ३३ अर्बकाे बजेट, हेर्नुहाेस् पूर्णपाठ

अर्थ संसार

सोमबार, ०१ असार २०७७, १६ : ४१ मा प्रकाशित

कर्णाली प्रदेशकाे ३३ अर्बकाे बजेट, हेर्नुहाेस् पूर्णपाठ

अर्थ संसार, काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेट घोषणा गरेका हुन् ।

प्रदेश सरकारले कोरोना महामारीको कारणले उत्पन्न परिस्थितिलाई ख्याल गरी उत्पादनमूलक र प्राथमिकतापूर्ण कार्यमा लगानी केन्द्रित गरी बजेट ल्याएको छ ।
सरकारले नयाँ बजेटमार्फत नयाँ संगठन संरचना स्थापना नगर्ने, एम्बुलेन्स बाहेकका सवारी साधन खरिद नगर्ने समेत जनाएको छ ।

 माहामारीका कारण हुनसक्ने आर्थिक संकटलाई मध्नजर गर्दै मन्त्री, राजनीतिक पदाधिकारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता समेत खारेज गरिएको छ ।  त्यस्तै कर्णाली प्रदेशले कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचरलगायतका खर्चमा करिब ६० प्रतिशत कटौती गरेको छ ।

हेर्नुहाेस् पूर्णपाठ-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको