Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिम सरकारले ल्यायाे ३३ अर्बकाे बजेट, हेर्नुहाेस् पूर्णपाठ

अर्थ संसार

सोमबार, ०१ असार २०७७, १८ : ३७ मा प्रकाशित

सुदूरपश्चिम सरकारले ल्यायाे  ३३ अर्बकाे बजेट, हेर्नुहाेस् पूर्णपाठ

अर्थ संसार,काठमाडौं । सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। 

गतवर्षभन्दा करिब ४ अर्ब बढी बजेट प्रदेश सरकारले विनियोजन गरेको हो । गत बर्ष प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो। 

प्रदेशले चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरेको छ। 

नयाँ बजेछ स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।  प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ। त्यस्तै नयाँ बजेटले काेराेना माहामारीलाई केन्द्रित बजेट ल्याएकाे छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको