Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी दुतावासले प्रयोग गर्याे लिम्पियाधुरासहितको नेपालको नक्सा

अर्थ संसार

मंगलबार, ०२ असार २०७७, ०८ : ४० मा प्रकाशित

अमेरिकी दुतावासले प्रयोग गर्याे लिम्पियाधुरासहितको नेपालको नक्सा

अर्थ संसार, काठमाडौं। नेपालस्थित अमेरिकी राजदूतावासले लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा प्रयोग गरेको छ । दुतावासले सोमबार नै आफ्नो आधिकारीक फेसबुकपेजमार्फत नेपालको नयाँ नक्सा प्रयोगमा ल्याएको बताएकाे हो ।

लामोसमयसम्म भारतसँग विवादित रुपमा रहेको कालापानी र लिपुलेक क्षेत्र नेपालले आफ्नो रहेको दाबी गरेसँगै सरकारले नयाँ नक्सा सार्वजनिक गरेको थियो । नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानमा समेत समावेश गरिसकेको छ ।

सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि अमेरिकी दूतावास नै नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेको छ । दुतावासले नेपालमा कोरोनाको स्थिती सेयर गर्दै नयाँ नक्सा प्रयोगमा ल्याएको जनाएको छ ।

भारतले यसविषयमा ठोस कुनै प्रतिकृया भने दिएको छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको