Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आईपिओ असार १० गते देखि

अर्थ संसार

मंगलबार, ०२ असार २०७७, ०९ : २२ मा प्रकाशित

लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आईपिओ असार १० गते देखि

अर्थ संसार, काठमाडौं - एनआईसी एसियाबैंकको साहयक कम्पनी एनआईसी एसिया लघुवित्तले आगामी असार १० गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  ।  लधुवित्त क्षेत्रकै ठूलो आईपिओ निष्कासन गर्न लागेको एनआईसी एसिया लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो  । 

सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त  गरेको कम्पनीले कर्मचारी, सामुहिक लगानी कोष र सर्वसाधरणका लागि छुटछुट्ै कित्ता आईपिओ निष्कासन गर्ने भएको छ । जसअन्तर्गत कर्मचारीहरुको लागि ०.५ प्रतिशत छुट्याइएको छ ।

त्यस्तै सामुहिक लगानी कोषका लागि २ लाख ३७ हजार ८ सय कित्ता अर्थात ५ प्रतिशत र ४४ लाख ४३ हजार २ सय कित्ता सर्वसाधरणका लागि छुट्याएको छ । 

कम्पनीले न्युनतम कित्ता १० र अधिकतम २ लाख पाउँने गरि आईपिओ निष्कासन गर्न लागेको छ । त्यसका लागि असार १४ देखि असार २४ गतेसम्म आवेदन अवधि राखिएको छ ।

यो बजारमा आउँन लागेको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो। लघुवित्तले चालु आर्थिक वर्ष २०७६.७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको