Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पेले आइपीओ निष्कासन गर्दै

निशा हुमाँगाई

मंगलबार, ०२ असार २०७७, १८ : ०४ मा प्रकाशित

आइएमई पेले आइपीओ निष्कासन गर्दै

अर्थ संसार, काठमाडौं - आइएमई ग्रुपकाे भुक्तानी प्रदायक संस्था आईएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) ले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालनका लागि अनुमति प्राप्त गरेका संस्थाहरुले आईपीओ जारी गर्नुपर्ने व्यवस्था अनुसार आइएमई पेले सर्वसाधारणलाई २० प्रतिशत शेयर जारी गर्ने भएकाे हाे ।

आइएमई पेले उक्त शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसँग अनुमतिका लागि निवेदन दिएको नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् । यस्तै, आइएमई पे, इसेवा सहित १३ वटा भुक्तानी प्रदायक संस्थाले शेयर जारी गर्ने तयारी रहेको पनि बताइएकाे छ ।

नेपाल राष्ट्र बैंकले हिजाे (साेमबार) भुक्तानी तथा फस्र्यौट विनियमावली २०७७ जारी गर्दै पब्लिक कम्पनीको रुपमा दर्ता भई राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त संस्थाले सेवा (प्रारम्भ) गरेको मितिले तीन वर्षभित्रमा कम्तिमा २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको