Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण धितोपत्र बोर्डले नागरिक लगानी कोषमा गर्यो पत्राचार

निशा हुमाँगाई

मंगलबार, ०२ असार २०७७, १४ : ३३ मा प्रकाशित

यसकारण धितोपत्र बोर्डले नागरिक लगानी कोषमा गर्यो पत्राचार

अर्थ संसार, काठमाडौं - नेपाल धितोपत्र बोर्डले स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउन नागरिक लगानी कोषलाई पत्राचार गरेको छ ।

उपयुक्त पृष्ठभूमिमा नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउन बोर्डले हिजाे (साेमबार) पत्राचार गरेको हाे ।

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेकोले धितोपत्रको दोस्रो बजारमा बेलाबखत उतारचढाव आइरहेको सन्दर्भमा संस्थागत लगानीकर्ताले अध्ययन तथा अनुसन्धानमार्फत् गर्ने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बाेर्डले अपेक्षा राखेकाे छ ।

तसर्थ बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६।११।०१ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरिसकेको बाेर्डले एक सूचना मार्फत जानकारी गराएकाे छ ।

साथै, पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने नेपाल सरकारको बजेट वक्तव्यमा समेत उल्लेख भएको बाेर्डले जनाएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको