नेपालको पुँजीबजारमा साधारणस शेयर ( IPO) मा लगानी गर्न Mutual Fund हरुलाई छोडेर अन्य संस्थागत लगानीकर्तालाई प्रबन्धित गरिएको छ। नियामक निकायको तर्क सुन्ने हो भने खुद्रा लागीनिकर्तालाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यले यसो गरिएको हो भन्ने छ।
तर, अन्तर्राष्ट्रिय बजारमा हेर्ने हो भने खुद्रा लगानीकर्तालाई एउटा निश्चित कोटा मात्र तोकिएको देखिन्छ। भारतीय बजारको उदाहरण लिने हो भने त्यहाँ जम्मा ३५% मात्र खुद्रा लगानीकर्तालाई IPO मा लगानी गर्न पाउने गरि कोटा तोकिएको छ। अरु १५% IPO ठूलो लगानीकर्तालाई छुट्याइएको छ। बाँकि रहेको ५०% कोटा भने संस्थागत लगानीकर्ताको लागि छुट्याइएको छ।
पुँजीबजारमा खुद्रा लगानीकर्ताको मात्र सहभागिता नभई संस्थागत लगानीकर्ताको पनि सहभागिता हुने गर्दछ। IPO मा संस्थागत तथा ठूलो लगानीकर्ताको मात्र बोलवाला नहोस भन्नको लागि खुद्रा लगानीकर्तालाई एउटा निश्चित कोटा तोक्नु अति आवश्यक क छ। तर, संस्थागत तथा ठूलो लगानीकर्तालाई केहि मात्रामा पनि किन्न नदिनु भनेको IPO मा उनीहरुलाई निरुत्साहित गर्नु नै हो।
संस्थागत तथा ठूला लगानीकर्ताहरु राम्रोसंग शिक्षित र सशक्त हुने हुनाले कुनै पनि शेयरको उचित मूल्य आविष्कार गर्न, प्रयाप्त रुपमा उक्त शेयरको तरलता प्रवाह गर्न तथा कूल कारोबार रकम अभिवृद्धि गर्न सहयोग गर्ने गर्दछन।
हालको नियम अनुसार नेपालमा खुद्रा लगानीकर्तालाई IPO को १०/१० कित्ता allot गरिएको पाइएको छ। यस्तो खालको नियमले दोस्रो बजारमा ति शेयरको कारोबार हुँदा साना-साना कित्ता शेयर धेरै मान्छेहरुसँग हुने हुनाले अस्वभागिक मूल्य बृद्धि हुने गरेको देखिन्छ।
साथै धेरै मान्छेहरुसँग साना-साना कित्ता सेयर हुँदा त्यो शेयरको तरलतामा पनि असर गरि रहेको देख्न सकिन्छ। पुँजीबजारमा तरलताको कमि हुनु भनेको पुँजीबजारको बिकासमा सबै भन्दा ठूलो बाधकको रुपमा लिइन्छ । पुँजीबजारमा कुनै शेयर तरल नहुनु भनेको त्यो शेयरको उचित मूल्य निर्धारणमा सबै भन्दा ठूलो बाधक हो। यसलेगर्दा त्यो शेयरको turnover मा फरक पर्ने गर्दछ।
साना तथा खुद्र लगानीकर्ता पुँजीबजारको मूल्य उचित मूल्य निर्धारणमा राम्रोसंग शिक्षित र सशक्त देखिदैनन। तसर्थ, कुनै पनि शेयरको उचित मूल्य निर्धारण र प्रयाप्त तरलताको प्रवाहको लागि संस्थागत तथा ठूला लगानीकर्ताको भूमिका अपरिहार्य हुने गर्दछ। संस्थागत तथा ठूला लगानीकर्ताहरु राम्रोसंग शिक्षित र सशक्त हुने हुनाले कुनै पनि सेयरको उचित मूल्य आविष्कार गर्न, प्रयाप्त रुपमा उक्त शेयरको तरलता प्रवाह गर्न तथा कूल कारोबार रकम अभिवृद्धि गर्न सहयोग गर्ने गर्दछन।
साथै, यस्ता लगानीकर्ताको सुचिकृत कम्पनिहरुमा ठूलो हिस्सा हुने हुनाले कर्पोरेट सुशासनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन। यस वर्गका लगानीकर्ताहरूको बढ्दो उपस्थितिले धितोपत्र कारोबारमा सुधार ल्याउँछ र लेनदेन प्रणाली, धितोपत्र ब्रोकरहरूको पोषण तथा बजारमा उचित तरलता प्रदान गर्दछ।
यो पनि हेरौं
समग्र पुँजीबजारको विकास तथा नया बित्तिय उपकरणको निर्माणमा पनि संस्थागत लगानीकर्ताहरुले सम्बन्धित निकायहरुलाई आवश्यक सुझाबको साथै नीति निर्माणमा पनि सहयोग पुर्याउन सक्ने देखिन्छ। तसर्थ, समग्र पुँजीबजारको विकास, कुनै पनि शेयरको उचित मूल्य आविष्कार, प्रयाप्त रुपमा उक्त शेयरको तरलता प्रवाह, कूल कारोबार रकम अभिवृद्धि तथा नयाँ बित्तिय उपकरणको निर्माणको लागि सम्बंधित नियामक निकायहरुले संस्थागत तथा ठूला लगानीकर्ताहरुको लागि कम्तिमा पनि ५०% आरक्षण सहित IPO मा लगानी गर्न पाउने व्यवस्था गर्नु अपरिहार्य छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस