Like us!
Follow us!
Connect us!
Watch us!

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

विहीबार, १७ चैत्र २०७३, १८ : ३५ मा प्रकाशित

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

अर्थ संसार 

दैलेख– नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । 

निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३।७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो । 

द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि सुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिनुभयो । 

यस्तै ४।५ मेगावाट क्षमताको पादम खोला विद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । अवलपराजुलमा पाँच मेगावाट क्षमतको अर्को आयोजनाको निर्माण समेत सुरु गरिएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको