Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी सञ्चय कोषका ऋणीले अब घरबाटै साँवा र व्याज तिर्न सक्ने, एनआइसीसँग भयो यस्तो सम्झौता

अर्थ संसार

मंगलबार, ०६ साउन २०७७, १८ : ४३ मा प्रकाशित

कर्मचारी सञ्चय कोषका ऋणीले अब घरबाटै  साँवा र व्याज तिर्न सक्ने, एनआइसीसँग भयो  यस्तो सम्झौता

अर्थ संसार, काठमाडौं-कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिएका ऋणीहरूलाई सुविधाको निमित्त उनीहरुले उपभोग गर्नुभएको कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो । 

जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गरेका कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउस लि. पोर्टल -https://login.connectips.com/मा लग इन गरेपश्चात् Government Payment मा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नुहुनेछ ।

नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्नुपर्ने वर्तमान अवस्थालाई यस नयाँ व्यवस्था अनुसार बैंक नै नगई घर तथा अफिसबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सक्नुहुनेछ । 

यस बैंकका Digital Service हरू जस्तै डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्गका प्रयोगकर्ताहरू २२ लाख रहेको अवस्थामा बैंकले विद्युतीय भुक्तानी तथा डिजिटल सेवाहरूलाई अझ परिस्कृत बनाउदै लैजाने उद्देश्य अनुरुप विद्युतीय भुक्तानी तथा सेवागत क्षेत्रहरूमा समेत डिजिटल प्रणालीको विकास गरिरहेको छ ।

बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट सेवाग्राहीले आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्न भौचर भर्ने अनलाईन प्रणालीको शुभारम्भ गरिसकेको छ भने नगद जम्मा गर्ने भौचर भर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई-कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाईन प्रणाली iServe मार्फत सेवा दिईरहेको छ ।

साथै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्नका निमित्त बैंकले मोबाइल बैंकिङ्ग वा बैंकको ग्राहक महानुभावहरूले कार्डहरूमार्फत भुक्तानी गर्दा देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ' मनोज कुमार भट्टराई : सिइओ- प्राइम लाइफ इन्स्योरेन्स

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको