नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विवादित अभिव्यक्तिप्रति संसदमा कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद महरले 'ठेकेदारको खुट्टा भाँच्ने' भनी मन्त्री लम्सालले दिएको बयान कानुनसम्मत थियो वा थिएन भन्दै सरकारसँग सिधा प्रश्न गरे।
जिम्मेवार पदमा बसेका व्यक्तिबाट कानुन हातमा लिने खालका धम्कीपूर्ण र गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय भएको उल्लेख गर्दै उनले यस विषयमा सरकारको आधिकारिक धारणा र स्पष्टीकरणको माग समेत गरे।
उनले प्रश्न गर्दै भने, ‘माननीय मन्त्रीज्यूले ठेकेदारको खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो। त्यो कानुनबमोजिम थियो कि थिएन? कुन खुट्टा भाँच्ने हो, दाहिने कि देब्रे? त्यो पनि स्पष्ट भएन। मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन? ठेकेदारलाई मन्त्रालयमै बोलाएर धाकधम्की दिने, गाली गलौच गर्ने र थर्काउने कुरा कानुन बमोजिम थियो कि थिएन?’
उनले सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि पनि असन्तुष्टि जनाए। दुर्गम तथा पिछडिएका क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस