Like us!
Follow us!
Connect us!
Watch us!

पशुपति सहकारीले बृहद मर्जर अभियान संचालन

अर्थ संसार

बुधबार, ०७ साउन २०७७, १७ : ३६ मा प्रकाशित

पशुपति सहकारीले बृहद मर्जर अभियान संचालन

अर्थ संसार, ललितपुर– ललितपुरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको सहकारी पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले सहकारी–सहकारी बीच बृहद एकीकरण अभियान संचालन गर्ने भएको छ । ७७ जिल्ला र ७५३ स्थानीयतहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहदएकीकरण अभियान संचालन गर्न लागेको हो ।

बृहद एकीकरणका लागि संचालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवीलामाको संयोजकत्वमा मर्जर कमीटी समेत निर्माण गरेको छ । यहि समितिमार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिएको छ । 

संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पुरा गर्नका लागि बृहद एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जानकारी दिनुभयो । 

“स–साना संस्था संचालन गरेर अब राज्यले सहकारी अभियानबाट राखेको अपेक्षा पुरा हुदैन” उहाँले भन्नुभयो, “त्यसका लागिएक/दुई वटा संस्थाएकीकरण गरेर पुग्दैन, वृहद एकीकरण गरी बलियो पुँजीगतआधार सहितको ठूलो नेटवर्क भएको संस्था बनाउन आवश्यक छ ।”

अहिले सहकारी अभियानमा ३५ हजार संघसंस्था दर्ता भएपनि देशको अर्थतन्त्रमा सहकारीको योगदान न्यून छ । संस्थाहरु स–सानो हुँदापुँजी छरिन गई सहकारी मार्फत अत्याधुनिक सेवा प्रदान गर्न र ठूला ठूला परियोजनाहरुमा लगानी समेत गर्न सकिएको छैन । यहि कारण पूँजीगत आधार बलियो भएको दिगो सहकारी संस्थानिर्माण गरी त्यसमार्फत सदस्यलाई प्रविधिमा आधारित अत्याधुनिक सेवाप्रदान गर्ने र सहकारीमार्फत उत्पादन मुलक ठूला उद्योग तथा व्यवसाय संचालनगर्ने लक्ष्य रहेको संयोजक लामाले बताउनुभयो ।

संघिय सरकारले आर्थिक वर्ष २०७७/०७८ बजेट वक्तव्यमा पनि सहकारी संस्थाहरुलाई एकीकरणका लागि प्रोत्साहनगर्ने उल्लेख गरेको छ । यसैगरी संघिय सहकारी विभागका साथै राष्ट्रिय सहकारी महासंघलगायतका संघसंस्थाले पनि सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेका छन् । 

बृहद एकिकरण अभियानमा सहकार्य, समन्वय र हातेमालो गर्नका लागि सम्पूर्ण सरोकारवालाहरुलाई संयोजक लामाले आग्रहगर्नुभयो । 

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको