Like us!
Follow us!
Connect us!
Watch us!

असारमा २२ वटा कम्पनीको सभा सम्पन्न, कुनले कति  गरे लाभांश पारित ?

निशा हुमाँगाई

सोमबार, १२ साउन २०७७, १३ : ५० मा प्रकाशित

असारमा २२ वटा कम्पनीको सभा सम्पन्न, कुनले कति  गरे लाभांश पारित ?

अर्थ संसार, काठमाडौं – असार महीनामा विभिन्न २२ वटा कम्पनीहरूले आफ्नाे साधारण सभा सम्पन्न गरेका छन् । विभिन्न कम्पनीकाे छुट्टा-छुट्टै मितिमा भएकाे साधारण सभामा सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसारकाे लाभांश पारित गरिएकाे छ । 

यसैगरी, २२ वटा कम्पनीमध्ये १३ वटा कम्पनीहरूले सञ्चालक समितिले निर्णय गरे अनुसार आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेका छन् भने बाँकी ९ वटा कम्पनीहरूले मर्जर तथा एक्विजिशनमा जाने प्रस्ताव पारित गरेका छन् ।

लाभांश पारित गर्ने कम्पनी यस प्रकारका छन् :

.नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड​

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे असार ५ गते शुक्रबार सम्पन्न भएकाे ७१औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बाेनस शेयर र २.८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

२. ङादी ग्रुप पावर कम्पनी लिमिटेड

ङादी ग्रुप पावर लिमिटेडकाे असार १० गते बुधबार सम्पन्न भएकाे छैठाैँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट चुक्ता पुँजीकाे १० प्रतिशतका दरले नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेकाे छ ।

३. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे असार १२ गते शुक्रबार सम्पन्न भएकाे ११औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम बैंककाे हाल कायम चुक्ता पूँजीकाे १५ प्रतिशतकाे दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

४. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे असार १४ गते, आइतबार सम्पन्न भएकाे १४औं वार्षिक साधारण सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १७.१० प्रतिशत बाेनस शेयर र ०.९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

५. वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड 

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे असार १९ गते, शुक्रबार सम्पन्न भएकाे आठाैँ वार्षिक साधारणले संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । 

६. नागरिक लगानी कोष

नागरिक लगानी कोषकाे असार २० गते शनिबार सम्पन्न भएकाे २५औंं वार्षिक साधारण सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । 

७. सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडकाे असार २१ गते आइतबार सम्पन्न भएकाे १२औं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई बैंककाे हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । 

८. एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकाे असार २२ गते साेमबार सम्पन्न भएकाे साताैं वार्षिक साधारण सभाले संस्थाकाे सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम १२ प्रतिशत बाेनस शेयर र ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

९. तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे असार २५ गते, बिहीबार सम्पन्न भएकाे १३औंं वार्षिक साधारण सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले हुन आउने १३ कराेड ७३ लाख १७५ रूपैयाँ ९ पैसा बराबरकाे बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

१०. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे असार २६ गते, शुक्रबार सम्पन्न भएकाे आठाैँ वार्षिक साधारण सभाले संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

११. जनउत्थान  सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे असार २७ गते, शनिबार सम्पन्न भएकाे नवाैँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

१२. हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे असार २९ गते, सोमबार सम्पन्न भएकाे २६औं वार्षिक साधारण सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरेबमाेजिम ४ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेकाे छ ।

१३. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे असार २९ गते, सोमबार सम्पन्न भएकाे बाह्रौँ वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीकाे १२.५ प्रतिशतका दरले बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १ करोड २३ लाख ३४ हजार ४४१ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको